राजनीतिक अस्थिरता अन्त्यका लागि निर्वाचन प्रणालीमा पुनर्विचार आवश्यकः पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताए ।

उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गरे । उनले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताए । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *