श्रीलङ्काद्वारा युएईसँग संयुक्त आर्थिक परिषद् स्थापनाको प्रस्ताव

श्रीलङ्काले युएईसँग दुई देशबीच व्यापार र लगानी सहयोग प्रवद्र्धन गर्न संयुक्त आर्थिक परिषद् स्थापना गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्दनाले युएईको विदेश मन्त्रालयका आर्थिक तथा व्यापार मामिला राज्यमन्त्री अहमद बिन अली अल सयेघसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।

श्रीलंकामा लगानी बृद्धिको प्रचुर सम्भावना रहेकाले आर्थिक सम्बन्ध विस्तारका लागि आर्थिक साझेदारी सम्झौताको सहयोगलाई अन्तिम रूप दिन छिट्टै वार्ता सुरु गर्नुपर्नेमा युएईका विदेशमन्त्री अल सयेघले सहमति जनाएका छन् ।

उनले श्रीलङ्काको विकासका लागि युएईले गरेको सहयोग र करिब तीन लाख श्रीलङ्काली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद दिए । युएई श्रीलङ्काको लागि आठौं निर्यात गन्तव्य हो ।

सन् २०२२ मा श्रीलङ्काबाट युएईसँग ३ सय ४५ दशमलव ८ मिलियन अमेरिकी डलर बराबरको कूल निर्यात मूल्य रहेको छ भने सोही अवधिमा युएईबाट श्रीलङ्कामा कूल आयात ९५ करोड डलरभन्दा बढी रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *