हमासको ‘आतंककारी’ आक्रमण त्यसैको एउटा कडी हो

केशवप्रसाद भट्टराई ।
जिजस क्राइस्टको जन्म छैठौं र चारौं सताब्दीको वीचमा जेरुसेलममा भएको मानिन्छ । पैगम्बर मोहम्मद सन् ५७०मा मक्कामा जन्मिएका थिए । यहुदी धर्म आज भन्दा चार हजार वर्ष अघि नै अभ्यासमा आएको थियो । हिन्दू धर्म जस्तै प्राचीन धर्म हो यहुदी धर्म । आजको इजरायल, जोर्डन, लेबनान, सिरिया, प्यालेस्टिन र इजिप्टको सिनाइ प्रायद्वीप यहुदीहरूको प्राचीन भूमि थियो । मुसलमानहरुको आक्रमण र दवावमा काश्मिरका हिन्दूहरू मुसलमान बने जस्तै पैगम्बर मोहम्मदको जन्म पछि जन्मिएको इस्लाम धर्मले उक्त क्षेत्रमा प्रभाव बढाउँदै गयो र सन् १३०० वर आएर आजको मध्यपूर्व र पूर्वी युरोपमा इस्लामिक धार्मिक साम्राज्य ( ओट्टोमन साम्राज्य) स्थापना भयो ।

ओट्टोमन साम्राज्यले धार्मिक अत्याचार बढाउँदै गएपछि उक्त क्षेत्रबाट हजारौँ लाखौँ यहुदी र क्रिस्चियनहरू विस्थापित भए, अन्य हजारौँ लाखौँले इस्लाम धर्म स्वीकार गरे । सन् १३००– १९०० सम्म कहिले अलि सानो र कहिले ठूलो हुँदै ओट्टोमन साम्राज्य कायम रह्यो र पहिलो विश्व युद्ध पछि उक्त साम्राज्य छिन्नभिन्न भयो । पहिलो र दोस्रो विश्व युद्धको बीचको अवधिमा त्यहाँ राज्य निर्माण र विघटनका प्रक्रियाहरू चलिरहे । ओट्टोमन वा इस्लामिक साम्राज्यबाट लखेटिएका यहुदीहरूको ठूलो संख्या जर्मनीमा थियो, त्यहाँ हिटलरको शासनमा ६० लाख यहुदीहरूको क्रूरतापूर्वक हत्या भए पछि विश्व यहुदीहरूको पनि एउटा आफ्नै राज्य हुनुपर्दछ भनेर प्रतिवद्ध भयो र १९४८मा हालको इजरायललाई यहुदी राज्य घोषणा गरियो ।

इजरायल र वरिपरीका अरब भूमिका मुसलमानहरूको विरोध, ठूलो–सानो युद्ध र आतंकलाई इजरायलले त्यतिखेर देखि नै सामना गर्दै आएको हो । हालको हमासको आतंककारी आक्रमण त्यसैको एउटा कडी हो । त्यही आतंकको सिकार भविष्यको सुन्दर सपना सजाउन इजरायल गएका नेपालका १० होनहार युवाहरू भए । अन्य नेपालीको अवस्था अज्ञात छ तर इजरायलले आफ्नो बुताले भ्याएसम्म नेपाली लगायत अन्य देशका नागरिकहरूको रक्षा गर्ने गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *