भारतमाथि बंगलादेशको जीत

एजेन्सी । एसीसी एसिया कपमा बंगलादेशले भारतलाई पराजीत गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजीत गरको हो ।

जीतको लागि २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा अलआउट हुँदै २ सय ५९ रनमा समेटिएको हो । भारतको लागि शुभ्मन गिलले सतक पूरा गरेपनि जीतको लागि पर्याप्त रहेन । गिलले १ सय ३३ बल खेल्दै ८ चौका र ५ छक्काको मद्दतमा १ सय २१ रन बनाएका हुन् । यस्तै अक्सर पटेलले ४२, सूर्यकुमार यादवले २६, केएल राहुलले १९ र शार्धुल ठाकुरले ११ रन बनाए ।

बंगलादेशको लागि मुस्ताफिजुर रहमनले ८ ओभरमा ५० रन दिँदै ३ विकेट लिए । यस्तै तान्जिम हसन साकिब र महेदी हसनले समान दुई-दुई विकेट लिंदा शकिब अल हसन र मेहिदी हसन मिराजले समान एक-एक विकेट लिए ।

यसअघि आर परेमादासा स्टेडियममा भएको सुपर चारको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउंदै २ सय ६५ रन बनाएको थियो । बंगलादेशको लागि कप्तान शाकिब अल हसनले सर्वाधिक ८० रन बनाए । उनले ८५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै तोहिड हृदोले ५४, नासुम अहमदले ४४ महेदी हसनले २९, तान्जिम हसन शाकिबले १४ तथा तान्जिद हसन र मेहिदी हसनले समान १३-१३ रन बनाए ।

भारतको लागि शार्धुल ठाकुरले तीन र मोहम्मद शामीले दुई विकेट लिंदा प्रसिद्ध कृष्ण, अक्सर पटेल र रविन्द्र जडेजले समान एक-एक विकेट लिए ।

हारका बाबजुत भारत ३ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट पहिलो जीत निकालेको बंगलादेश दुई अंकको साथ तेस्रो स्थानमा रह्यो । अब आइतबार हुने फाइनल खेलमा उपाधिको लागि भारत र श्रीलंका भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *