काठमाडौं । एसीसी एसिया कप अन्तर्गत केहीबेरमा शुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । पल्लेकेले क्रिकेट स्टेडियममा हुने खेलमा भारतका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
भारतले आजको खेलमा एक परिवर्तन गरेको छ । पाकिस्तानविरुद्ध खेलेका जस्प्रित बुम्राको स्थानमा मोहम्मद शामी टोलीमा आएका छन् । यता नेपाललेपनि टोलीमा एक परिवर्तन गर्दै आरिफ शेखको स्थानमा भीम शार्की टोलीमा समेटेको छ ।
नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), भीम शार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
भारतको प्लेइङ ११ :- रोहित शर्मा(कप्तान) शुभ्मन गिल, विराट कोहली, श्रेयस आयर, इशान किशान, हार्दिक पान्ड्य, रविन्द्र जडेजा, शार्धुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, कुलदिप यादव