‘महाजात्रा’ घोषणा

काठमाडौँ । नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो ।

यस अगाडिका शृङ्खलामा रहेका कलाकारसँगै यसपटक हरिवंश आचार्य जोडिएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, “महाजात्रा भएकाले अभिनेता आचार्य जोडिनुभएको हो । अघिल्लो शृङ्खलाको सफलताले हामीमा अझै दायित्व थपिएको छ ।”

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रको छायाङ्कन दशैँ लगत्तै हुने र चैत ९ मा प्रदर्शन हुने निर्देशक भट्टराईले जानकारी दिए । उनले छायाङ्कन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिए ।

“हामीले नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्नुपर्ने भएकाले पनि सो प्रदर्शन मिति तय गरेका हौँ । यसै चलचित्रमार्फत मैले निर्देशन यात्रा प्रारम्भ गरेको थिएँ । यसैले गर्दा यो शृङ्खला मेरा लागि खास छ”, निर्देशक भट्टराईले भने । चलचित्रलाई दीपेश खत्रीले निर्माण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *