अतिवादको उपचार अतिवादले नदिएसम्म त्यो जायज नै हुन्छ

मोहन लामा रुम्बा ।
गाई गोरु काट्नु न्यायपूर्ण  हो ?
मेरो छोटो उत्तर छ – हो ।
धेरैले सोध्छन् सार्वजनिक रूपमा गाई गोरु काटेर हामी बहुसंख्यक हिन्दूको आस्था विश्वास माथिको गरेको हेपाई र अन्याय होइन ? मलाई सोध्नु हुन्छ भने बिल्कुल होइन हुँदै होइन । न्याय र अन्याय यो दुनियाँमा जोसँग शक्ति छ त्यसले गरेको सबै न्याय हो । अमेरिकाले इराक सिरियामा बमको वर्षा गर्यो अहिले रसियाले युक्रेनमा गर्दैछ यदि यही काम भारत पाकिस्तान बंगलादेश जस्तो देशले गरेको भए अन्याय हुने थियो र दण्डको भागिदार हुने थियो । यो दुनियाँ शक्तिको गुरुत्वकार्षणबाट चल्ने गरेको हुन्छ नकि कसैको भावना आग्रह अनुरोध नम्रता बिनम्रताबाट ।

मुगल शासकले ७०० वर्षसम्म हिन्दूलाई दास बनाएर राख्यो, तिनका छोरी चेलिबेटी तरबारको त्रास देखाएर बलात्कार गर्यो, दासी बनाएर हराममा राख्यो, मन्दिर भत्काएर मस्जिद बनायो, हिन्दू राजालाई नै धर्म परिवर्तन गराएर राख्यो, यो सबै त्यतिबेला न्याय नै भयो किनभने हिन्दू राजारजौटा छिन्नभिन्न भएर कमजोर भैसकेको थियो, कमजोर लुते निरीह माथि बलियाले गरेको सबै काम तत्कालीन समयमा न्यायपूर्ण नै भयो र हुन्छ ।

माओवादीले आफ्नो लडाकुलाई गाई गोरू काटेर खुवाउन लगायो, संस्कृत पाठशाला जलायो, संस्कृत पढाउने शिक्षकको हत्या गर्यो, कथावाचक पण्डित नारायण पोखरेलको हत्या गर्यो फेरि  तिनै पोखरेलको छोरा कमरेड प्रचण्डलाई फुल माला पहिर्याउँदै स्वागत गर्दै स्तुति गाउन थाले । यी सबै जायज भए न्यायपूर्ण भए किनभने त्यसको प्रतिरोधमा अर्को शक्ति नभएपछि सबै न्यायपूर्ण नै हुन्छ दिनबन्धु त एउटा सानु प्रतिनिधि पात्र मात्रै हुन् । यहाँ सबै दिनबन्धु नै हुन् कोही कसैले फुर्ति लगाएर बोल्न पर्दैन।

अहिले धरानमा गाई गोरु काटेको छ, यो पनि जायज नै हुन्छ तर यही काम भारतको उत्तर प्रदेश बिहारमा भएको भए यतिबेला आगो दन्की सकेको हुने थियो । त्यसैले त्यहाँ नाजायज हुन्थ्यो, त्यहाँ मात्रै होइन त्यहीँ सर्लाही जनकपुर रौतहट तिर भएको भए मधेसीहरु लौरो भाला बोकेर उत्रि सकेको हुने थिए । त्यसैले त्यहाँ यस्तो गर्नु नजायज नै हुने थियो तर पर्यो धरानमा त्यहाँ जायज नै हुन्छ किनभने पहाडी हिन्दूहरुको रगतमा स्वजातिय सभ्यताको आफ्नो पहिचानको होइन मार्क्सवाद/बीपी वाद/राजावाद/ राष्ट्रवाद/ समाजवाद/वादै वादको प्रत्येक हिन्दूको नशा नशामा ‘अन्तर्राष्ट्रिय वाद’ बगाएको छ त्यसैले यी सबै वादले गाईको रौं पनि चिनेको हुँदैन त्यसैले यहाँनेर केही हुँदैन।

भोलि घर घरमा शरणार्थी बाहुन क्षेत्री भन्दै छोरी बुहारी तान्दै बलात्कार गर्न आउने छ त्यो त्यतिबेला पनि यहाँनेर जायज नै हुनेछ। ९० को दसकमा जम्मु कास्मिरमा दसौं हजार हिन्दू नारीहरु माथि भएको बलात्कार हत्या भयो के भयो र ? केही नभएपछि जायज नै भयो।
त्यसैले अहिले धरानमा अतिवादीहरुले गाई गोरू काटेकोलाई के भन्ने ? सम्बन्धमा त्यसको एउटै उत्तर पाउनु हुनेछ अतिवादको उपचार अतिवादले नदिएसम्म त्यो जायज नै हुन्छ। सहिष्णुताको मादल एउटा हातले मात्रै बज्दैन कुरा यति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *