सबैले एकस्वरमा भनौं ‘इनफ इज इनफ’

शंकर पोखरेल ।
संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो– अब त अति भयो । संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेको छ । तर कोशी प्रदेशमा गठवन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गर्यो । अदालतले सरकार गठनमा सभामुखको भूमिकालाई असम्वैधानिक करार गरेपछि सभामुखलाई नै राजीनामा गराएर सभामुख विहीनताको स्थितिमा सरकार गठनको दावी प्रस्तुत गरियो । जबकी सरकार गठनको प्रकृया अघि बढाउनुपूर्व प्रदेशसभाको नेतृत्व चयनको प्रकृया अघि बढाउनु पर्दथ्यो ।

गठवन्धनले सर्वोच्च अदालतको निर्णय पछि तात्कालिक काम चलाउ सरकारलाई मान्यता दिएर सम्विधानतः नयाँ सरकार गठनको प्रकृया अघि बढाउनु पर्दथ्यो । तर त्यसो नगरी सत्ता गठवन्धनले कोशी प्रदेशमा सरकार विहीनताको अवस्था सिर्जना गर्यो । जबकी नेपालको संविधानले कुनै पनि तहमा सरकार विहिनताको कल्पना नै गरेको छैन ।

विश्वासको मत लिने सन्दर्भमा समेत सत्ता गठवन्धनले सम्विधानको हुर्मत लिने काम गरेको छ । सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मत सच्याउने समयमा मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गरेका छन् । जवकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ ।
यसरी पटक पटक संविधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावी गर्नु ’सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो। त्यसैले सबैले एकस्वरमा भनौं–’इनफ इज इनफ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *