बैंकहरुले अनुसन्धानका क्षेत्रमा लगानी किन नगर्ने ?

महावीर पुन ।
राष्ट्रिय आविष्कार केन्द्रमा र यस्तै कुनै अनुसन्धान केन्द्रमा कसैले अनुसन्धान तथा नवप्रवर्तनका कामहरु सफलतापूर्वक सम्पन्न गर्यो भने त्यसको पहिलो आर्थिक लाभ लिनेमा कमर्सियल बैंकहरु नै हुन्छन । कसरी ? –अनुसन्धानकर्ता र नवप्रवर्तकहरुले अनुसन्धान गरेर कुनै राम्रो बस्तु बनाए भने त्यो बस्तुको व्यावसायिक उत्पादन गर्नका लागी कारखाना खोल्न र बजारीकरण गर्न बैंकबाट ऋण लिनै पर्ने हुन्छ र बैंकहरुको पैसा कमाउने बाटो खुल्छ । त्यसैले बैंकहरुले पनि अनुसन्धान र नवप्रवर्तनको काममा आफ्नो नाफाको थोरै प्रतिशत लगानी गर्नुपर्छ भनेको हो । बैंकहरुले टिभी, पत्रिका, रेडियो सहित अन्य तरिकाले आफ्नो बैंकको प्रचार प्रसारको लागि करोडौं करोडौं रुपैंयाँ खर्च गर्छन् । बैंकको प्रचार प्रसारको लागि करोडौं करोडौं रुपैंयाँ खर्च गर्दा अलिकति रुपैंयाँ अनुसन्धानमा लगानी गरे हुँदैन र ? त्यो लगानी आफ्नै लागि हो भनेर नेपाली बैंकका संचालकहरुले बुझ्नु पर्छ नि ।

तर अफसोचको कुरा के छ भने अहिलेसम्म नेपालको कुनै पनि बैंकका मालिकहरुले यो कुरा बुझेकै छैनन् अथवा बुझेर पनि बुझ पचाएका छन् । सायद विकसित मुलुकतिर बैकहरुले Research & Innovation मा लगानी गर्दैनन् भनेर नेपाली बैंकका संचालकहरुले थाहा पाएर हो कि ? किनभने विकसित मुलुकहरुमा Research & Innovation मा लगानी र सहयोग गर्ने Personal Investors, Angel investors, Venture Capitalist, Incubators and accelerators, Institutional and Corporate investors र सरकारी निकाय जस्ता धेरै संस्थाहरु हुन्छन् ।

तर दुर्भाग्यवस विदेशमा जस्तो त्यस्ता दानी संस्थाहरु नेपालमा कोही पनि छैनन् नि त । त्यसैले कमाएको अलिकति पैसा अनुसन्धान र नवप्रवर्तनमा खर्च गर्यो भने बैंकका संचालकहरुलाई नै त फाइदा हुन्छ नि ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *