खानेपानीको समस्या समाधान पछि खुसियाली

पोखरा । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा ३२ ढोडबेसी, मालेपाटन क्षेत्रका बासिन्दाहरुले लामो समयपछि खानेपानी सुविधा पाएपछि बाजा गाजा सहित खुसियाली मनाएका छन् । गण्डकी प्रदेश सरकारको १ घर १ धारा पुर्याउने उदेश्य अनुरुप सो क्षेत्रमा खानेपानीको टंकी निमाण गरी ३ सय ६४ धारामा पानी पुर्याएपछि खानेपानीको समस्या समाधान भएको हो ।

गण्डकी प्रदेश सरकारको २ करोड ६८ लाख र उपभोक्ता समितिको २९ लाख ७८ हजार जन सहभागीतामा ११ किलोमिटरको दुरीमा रहेको सिम्लेखोला मुहानबाट ल्याएको पानी टंकीमा जम्मा गरि उपभोक्ताको घर घरमा धारा पुर्याउने काम सम्पन्न भएको हो । ढोडबेसी मालेपाटन खानेपानी उपभोक्ता तथा सरसफाई समिति र खानेपानी आयोजनाको सहकार्यमा निमार्ण भएको १ लाख ५० हजार घन मिटर पानी संकलनका लागी निमाण भएको टंकीको गण्डकी प्रदेशका उर्जा जल श्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यालले उदघाटन गरिन् ।

मन्त्री अर्यालले खानेपानी टंकी उदघाटन गर्दै प्रदेशका बिभिन्न क्षेत्रका स्थानिय हरु खानेपानीको समस्याका कारण गाउँ नै छाडेर अन्यत्र जानेहरुको संख्या बढ्दै जान थालेकोले गण्डकी प्रदेश सरकार गठन पछिको पहिलो बैठकबाट नै प्रदेशको खानेपानी र खेती योग्य जमिन सिंचाइका लागी प्राथमिक्ताका साथ काम गर्ने निणय बमोजिम प्रदेशका सबै बासिन्दा लाई केही महिना भित्रै खानेपानीको पहुँच पुरयाउने बताए ।

खानेपानी टंकी उद्घाटनकै अबसरमा गण्डकी प्रदेश उर्जा,जलश्रोत तथा खानेपानी मन्त्रालयका सचिब सन्तोष कैनीले कास्की लगाएत प्रदेशका ११ वटै जिल्लामा खानेपानी र खेती योग्य जमिनको सिंचाईका लागी सरकारले प्रतिबद्धताका साथ काम गरिरहेको बताए । सो अबसरमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ्ग ,ढोडबेसी मालेपाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिन बहादुर गुरुङ्ग ,पोखरा महानगर पालिका ३२ का अध्यक्ष अक्कल बहादुर कार्की , खानेपानी स्याङ्गजाका डिभिजन इन्जनियर हरि प्रसाद तिमिल्सीना ,उपभोक्ता राधा वाग्ले लगाएतका बक्ताले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *