हालान्ड चम्किदा सिटीको विजयी शुरुवात

एजेन्सी । नर्वेली फरवार्ड इर्लिंङ ब्राउट हालान्ड चम्केपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा बर्नलीलाई ३-० गोलले हराउँदै सिटीले लिगमा सुखद शुरुवात गरेको हो ।

टर्फ मोरमा भएको खेलमा सिटीलाई जीत दिलाउन हालान्डले दुई गोल गर्दा रोड्रीले एक गोल थपे । खेलको चौथो मिनेटमै रोड्रीको पासमा हालान्डले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा अल्भारेजको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यस्तै ७५ औं मिनेटमा रोड्रीले गोल थप्दै सिटीलाई जीत दिलाएका हुन् । जीतसँगै सिटीले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *