काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद अमरेशकुमार सिंहले संघीयताको छेडखानी गर्नेलाई नेपाली जनताले सशक्त प्रतिरोध गर्ने बताएका छन् ।
चितवनको भरतपुरमा पार्टीको महाधिवेशनमा सहभागी नभएका सिंहले बिहीबार राति सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । पार्टीको महाधिवेशनमा प्रतिवेदन पेस गर्दै नेता डा. स्वर्णिम वाग्लेले संख्या पुगेका दिन प्रदेश खारेज गर्ने बताएका थिए ।
सिंहले भनेका छन्, ‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु– नेपालको लोकतन्त्र, सङ्घीयता र समाबेसितासङ्ग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन् । जनताले सुशासन र समृद्धि खोजेका छन् । हामी हरेक कदममा जनताको साथ हुनेछौं!’
