सुन तस्करी प्रकरणः थप दुई चिनियाँ विमानस्थलबाट पक्राउ

काठमाडौँ । प्रहरीले क्वीन्टल सुन तस्करी संलग्न दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार बिहान हिमालय एयरलाइन्सबाट चीन फर्किन लागेका चिनियाँ नागरिक ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो ।

दुवै जना सुन तस्करी प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ । यसअघि विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । सुरुमा राजश्व अनुसन्धान विभागले यसको अनुसन्धान गरिरहेकोमा अहिले सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यस प्रकरणमा १८ जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *