काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
एयर चाइनाको उडानबाट चीनको छेन्दु जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाबाट चिनियाँ युआन फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा ठाइएको छ ।