दुई लाख भारतीय नोटसहित भारतीय नागरिक पक्राउ

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको टोलीले दुई लाख १२ हजार भारतीय नोटसहित भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षका विधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो ।

जाँच गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिँड्दै आउँदै गरेका उनका साथबाट दुई हजारको चार थान, पाँच सयको तीन सय ८८ थान र दुई सयको ५० थान गरी जम्मा दुई लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएका विधानन्दलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *