उपरथी सिलवाललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाका उपरथी सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को यही चैत २४ गतेको बैठकबाट सिल्वाललाई उपरथीमा पदोन्नति गरिएको थियो । उनी यसअघि सहायक रथी थिए ।

यससँगै सिल्वाल सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर)को महानिर्देशकमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नति भएका तीन प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *