ओलावालेको पाँच गोलमा मछिन्द्रको फराकिलो जीत

काठमाडौं ।  नाइजिरियन फरवार्ड ओलावाले अफिजले पाँच गोल गरेपछि साविक विजेता मछिन्द्र फूटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फराकिलो जीत निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोल गरे हराएको हो ।

च्यासल स्टेडियममा भएको खेलमा मछिन्द्रको जीतमा ओलावालेले पाँच गोल गर्दा बिमल घर्ती मगर र विजय भुजेलले एक-एक गोल थपे । एफसी खुमलटारको लागि मेसुके ओलोमोउले दुई र स्टेफेन समिरले एक गोल गरे । ओलावाले २४ औं, २९ औं, ५६ औं, ६२ औं र ६७ औं मिनेटमा गोल गरेका हुन् । यस्तै बिमलले ४५+३ औं र विजयले ८७ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई जीत दिलाएका हुन् ।

खुमलटारको लागि मेसुकेले ६१ औं र ८१ औं मिनेट र स्टेफेनले ७६ औं मिनेटमा गोल गरेका हुन् । जीतसँगै मछिन्द्र ८ खेलबाट १२ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजीत खुमलतार ७ अंकको साथ् दसौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *