फ्रेन्ड्सको पहिलो जीत

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जीत निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा १० खेलाडीमा समेटिएको जावलाखेल युथ क्लबलाई २-१ गोलले हराउँदै फ्रेन्ड्सले लिगमा पहिलो जीत निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सलाई जीत दिलाउन राफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक-एक गोल गरे । जावलाखेलको लागि फोडे फोफानाले एक गोल फर्काए । पहिलो हाफको १९ औं मिनेटमा एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा प्रकाशले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए ।

८७ औं मिनेटमा फोफानाले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रेन्ड्स २-१ गोलले विजयी भएको हो ।

जीतसँगै फ्रेन्ड्सले ४ खेलबाट ४ अंक जोडेको छ । जावलाखेलले समान खेलबाट ७ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *