नेपालको इतिहासलाई लुकाउन खोजियोः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको बताएका हुन् ।

उनले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेका बताए । उनले नेपालका पुर्खाहरु जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरे ।

उनले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरुको बारेमा नेपालीहरुलाई बुझाउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *