ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ । आज हुने पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दैछन् । च्यासल स्टेडियममा हुने खेल साढे दुई बजे शुरु हुनेछ ।

आजको खेलमा दुवै टोली लिगमा पहिलो जीतको खोजीमा हुनेछन् । लिगको शूरुवाती दुई खेलमा हार बेहोरेको पुलिस आज जीत निकाल्दै पुनरागमन गर्न चाहन्छ ।

आजै हुने दोस्रो अर्को विभागीय टोली नेपाल एपीएफ क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । दशरथ स्टेडियममा हुने खेल साढे २ बजे शुरु हुनेछ । एपीएफ आज दोस्रो जीतको खोजीमा हुनेछ भने जावलाखेल लगातार तेस्रो जीत निकाल्दै शीर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक बराबरी गर्न चाहन्छ ।

यस्तै आजै हुने दिनको तेस्रो तथा अन्तिम खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा हुने खेल बेलुकी साढे ५ बजे शुरु हुनेछ । यस्तै सातदोबाटो लगातार तेस्रो जीतको खोजीमा रहनेछ भने फ्रेन्ड्स पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानउत्रिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *