माधव नेपालसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट गरेका छन् ।

बुधबार अध्यक्ष नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवासमा राजदूत चेन पुगेका थिए। भेटमा अध्यक्ष नेपालले राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएको र राजदूतले पनि नेपाल आउन पाउँदा खुसी लागेको भन्दै आफ्नो सफल कार्यकालका लागि सबैबाट सहयोगको अपेक्षा राखेको बताएका नेपालको सचिवालयले जनाएको छ ।

उनीहरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । राजदूत सङले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए। उनले केही दिनअघि उनले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *