बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मीलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

थाइल्याण्डबाट नेपाल आउँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । सामाजिक संजालमार्फत महेशचन्द्र आचार्यविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

विद्युतीय स्वरुपमा रेग्मीले आफूलगायतको चरित्र हत्या गरेको भन्दै आचार्यले ब्युरोमा उजुरी दिएका थिए । यसअघि रेग्मीकी पत्नी लिनालाई पनि प्रहरीले केही दिन हिरासतमा लिएर छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *