काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२औँ स्थापना दिवस मनाउँदै छ । मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ ३२ औँ स्थापना दिवस मनाइरहेको हो ।
आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन्।
भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ एवं अन्य प्रचलित कानुनी व्यवस्थामा आधारित कार्यसम्पादन गरिरहेको छ।
