सरकारको न्यूनतम साझा कार्यक्रम : राष्ट्रिय पुँजी विकास गर्न ‘मेक इन नेपाल’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘मेक इन नेपाल’सहित विभिन्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सत्तारूढ राजनीतिक दलको साझा न्यूनतम कार्यक्रम कार्यदलले शुक्रबार केही लोकप्रिय नारासहित सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदा तय गरेको छ ।

१८ विषयमा १०४ कार्यक्रमसहित तयार पारिएको मस्यौदालाई सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरूले अन्तिम रूप दिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुअघि सार्वजनिक गर्ने तयारी छ ।

कार्यदलले तयार पारेको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा एउटा कार्यक्रमअन्तर्गत राष्ट्रिय पुँजीको विकास गर्न ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै लैजान स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्न उक्त कार्यक्रम ल्याइएको मस्यौदामा उल्लेख गरिएको समाचार आज नागरिक दैनिकले लेखेको छ ।

भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने, रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाय कोरल्ने केन्द्र स्थापना गरी ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्रवद्र्धन गर्ने जनाइएको समाचार उल्लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *