बैंकहरूको सुझाव व्यापारीकै लाइनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको पछिल्लो निर्देशनप्रति विरोध आएपछि वाणिज्य तथा विकास बैंकहरूसँग यसबारेमा सुझाव मागेकामा उनीहरू व्यापारीकै पक्षमा उभिएका छन् ।

केन्द्रीय बैंकले गत कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र असन्तुष्ट बनेर विरोधमा उत्रिएपछि राष्ट्र बैंकले वाणिज्य र विकास बैंकहरूसँग सुझाब मागेको थियो ।

राष्ट्र बैंकले मागेको सुझावको प्रतिउत्तरमा अधिकांश वाणिज्य तथा विकास बैंकहरुले व्यापारीकै लाइन बोलेका हुन् । बैंकहरुले व्यापारीलाई सहज हुने गरी नीति संशोधनका लागि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । आजको कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *