निजी क्षेत्र–राष्ट्र बैंक तनाव, अर्थतन्त्र अझै समस्यामा

काठमाडौं । केही दिअघि सार्वजजिक कार्यक्रममै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति अझै केही समय लचिलो नहुने संकेत गरे । अर्थतन्त्रको अवस्था सामान्य सुधार आए पनि खिगो सुधारको अवस्था नरहेको भन्दै नीति लचिलो नबनाउने उनले बताएका थिए ।

निजी क्षेत्र विरोधमा उत्रिएका बेला राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा नीति लचिलो नबनाएपछि यतिखेर फेरि आन्दोलनको तयारी भइरहेको छ ।

११ महिना लामो सवारीसाधन आयात प्रतिबन्ध झेलेका व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । आइतबारमात्रै नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले निजी क्षेत्रको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई भेटी माग सम्बोधन गर्न तथा मुलुक जोगाउन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोच्छा नेतृत्वको टोलीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले समेत अर्थतन्त्रमा विद्यमान समस्या सम्बोधन गर्न नसकेको अर्थमन्त्री शर्मालाई जानकारी गराए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *