एजेन्सी । फिफा विश्वकप फूटबल आज अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जापान र क्रोएसिया भिड्दैछन् । अल जानोउब स्टेडियममा हुने खेल नेपाली समय अनुसार ८:४५ बजे शुरु हुनेछ ।
यस्तै आजे हुने अर्को खेलमा सर्वाधिक पाँचपटकको च्याम्पियन ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ । रास अबु अबोउद स्टेडियममा हुने खेल १२ :४५ बजे शुरु हुनेछ ।