एजेन्सी । दुईपटकको च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप-२०२२ को क्वाटरफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २-१ गोलले पराजीत गर्दै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।
अहमेद बिन अली स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जीत दिलाउन लियोनल मेस्सी र जुलिएन अल्भारेजले समान एक-एक गोल गरे । अष्ट्रेलियाले एक गोल उपहार पाएको हो । खेलको ३५ औं मिनेटमा ओटामन्डीको पासमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई शूरुवाती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अष्ट्रेलियाले खेलमा फर्किने संकेत गरेको थियो । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना २-१ गोलले विजयी भयो । हारसँगै अष्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ ।
अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशको लागि नेदरल्यान्ड्सको सामना गर्नेछ । गएरातिनै भएको पहिलो सेमिफाइनल खेलमा अमेरिकालाई ३-१ गोलले हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको हो ।