अन्तिम खेलमा ब्राजिल पराजीत

एजेन्सी । फिफा विश्वकप-२०२२ मा ब्राजिल पराजीत भएको छ । शुक्रबार राति भएको समूहचरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग १-० गोलले स्तब्ध बनेको हो ।

लुसाइल इकोनिक स्टेडियममा भएको खेलमा क्यामरुनलाई जीत दिलाउन भिन्सेन्ट अबोउबाकरले निर्णायक गोल गरे । बराबरीतर्फ लम्किएको खेलको इन्जुरी समयको दोस्रो मिनेटमा म्बेकेलीको क्रसमा अबोउबाकरले हेडर गोल गर्दै क्यामरुनलाई जीत दिलाएका हुन् । लगत्तै जर्सी खोल्दै खुशियाली मनाएपछि यसअघिनै पहिलो कार्डको दर्शन गरिसकेका अबोउबाकर रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि क्यामरुन १० खेलाडीमा समेटिएको थियो ।

जीतका बाबजुत क्यामरुन नकआउट चरणमा पुग्न असफल रह्यो भने पराजीत ब्राजिल समूह ‘जी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्यो । ब्राजिल तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा क्यामरुन समान खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *