एजेन्सी । कप्तान लियोनल मेस्सी चम्केपछि अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप-२०२२ मा पहिलो जीत निकालेको छ । शनिबार राति भएको दोस्रो खेलमा मेक्सिकोलाई २-० गोलले पराजीत गर्दै अर्जेन्टिनाले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको हो ।
लुसाइल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाको जीतमा मेस्सी र इन्जो फर्नान्डेजले एक-एक गरे । खेलको ६४ औं मिनेटमा डी मारियाको पासमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा मेस्सीको पासमा इन्जोले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जीत दिलाए ।
जीतसँगै अर्जेन्टिना दुई खेलबाट ३ अंक जोड्दै समूह ‘सी’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको मेक्सिको पुछारमा छ ।