एजेन्सी । युवा फरवार्ड किलियन एम्बाप्पेले दुई गोल गरेपछि फ्रान्सले जारी फिफा विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ । शनिबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोलले पराजीत गर्दै फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
रास अबु अबोउद स्टेडियममा भएको खेलमा फ्रान्सको लागि एम्बाप्पेले दुई गोल गर्दा डेनमार्कको लागि एन्द्रिएस क्रिस्टेन्सनले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बरबरीमा सकिएको खेलको ६१ औं मिनेटमा थियो हर्नान्डेजको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
६८ औं मिनेटमा एन्डरसनको क्रसमा क्रिस्टेन्सनले गोल गर्दै डेनमार्कलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यस्तै ८६ औं मिनेटमा ग्रिजमनको क्रसमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ गोलको जीत दिलाए ।
जीतसँगै फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै समूह ‘डी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको डेनमार्क तेस्रो स्थानमा रहेको छ ।