एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा अष्ट्रेलिया विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा टुनिसियालाई १-० गोलले पराजीत गर्दै अष्ट्रेलियाले सन् २०१० पछि विश्वकपमा पहिलो जीत निकालेको हो ।
अल जोनाउब स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई जीत दिलाउन मिट्चेल डुकले निर्णायक गोल गरे । पहिलो हाफको २३ औं मिनेटमा डुकले गरेको गोलनै अष्ट्रेलियालाई जीत दिलाउन पर्याप्त बन्यो । जीतसँगै अष्ट्रेलियाको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ ।
अष्ट्रेलिया दुई खेलबाट ३ अंक जोड्दै समूह ‘डी’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको टुनिसिया समूहको पुछारमा छ ।