लगातार दोस्रो हारसँगै आयोजक कतार विश्वकपबाट बाहिरियो

एजेन्सी । आयोजक कतार फिफा विश्वकप-२०२२ को समूहचरण बाटै बाहिरिएको छ । शुक्रबार बेलुकी भएको खेलमा सेनेगलसँग ३-१ गोलले पराजीत भएसँगै कतार जारी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो ।

अल थुमामा स्टेडियममा भएको खेलमा सेनेगललाई जीत दिलाउन बोउलाए डिया, फामारा दिएधिओउर अहमाडोउ बाम्बाले समान एक-एक गोल गरे । कतारको लागि मोहम्मद मुन्तारीले एक गोल फर्काए । खेलको ४१ औं मिनेटमा डियाले गोल गर्दै सेनेगललाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा जोकोब्सको क्रसमा फामाराले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए ।

७८ औं मिनेटमा मोहम्मदको पासमा मुन्तरीले गोल गर्दै कतारलाई २-१ गोलको स्थितिमा ल्याए । पहिलो विश्वकप खेलेको कतारको यो डेब्यु गोल हो । यस्तै ८४ औं मिनेटमा इलिमानको पासमा बाम्बाले गोल गर्दै सेनेगललाईइ ३-१ गोलको जीत दिलाए ।

जीतसँगै सेनेगल दुई खेलबाट ३ अंक जोड्दै समूह ‘ए’को तेस्रो स्थानमा रहेको छ । सेनेगलको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जीवित रहेको छ । यता लगातार दोस्रो हार बेहोरेको कतारको नकआउट चरण पुग्ने सम्भावना समाप्त भएको छ । कतार पहिलो खेलमा इक्वेडरसँग २-० गोलले पराजीत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *