एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा स्विट्जरल्यान्डले विजयी शुरुवात गरेको छ । बिहीबार दिउँसो भएको समूह ‘जी’को खेलमा क्यामरुनलाई १-० गोलले पराजीत गर्दै स्विट्जरल्यान्डले विश्वकपमा विजयी शुरुवात गरेको हो ।
अल जानोउब स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई जीत दिलाउन ब्रेल एम्बोलोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा शाकिरीको पासमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई जीत दिलाएका हुन् ।
जीतसँगै स्विट्जरल्यान्डले तीन अंक जोडेको छ ।