मोरोक्को र क्रोएसियाको बराबरी

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत भएको समूह ‘एफ’को खेलमा मोरोक्को र साविक उपविजेता क्रोएसियाले बराबरी खेलेका छन् । बुधबार बेलुकी सम्पन्न खेलमा मोरोक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाढेका हुन् ।

अल बायत स्टेडियममा भएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरेपनि  गोल गर्न सकेनन् । बराबरीसँगै मोरोक्को र क्रोएसियाले समान एक-एक अंक जोडेका छन् ।

यस्तै आज हुने खेलमा बेल्जियम र क्यानडा भिड्नेछन् । यस्तै अन्य खेलमा जर्मनीले जापानको सामना गर्नेछ भने स्पेनले कोस्टारिकाको चुनौती सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *