पहिलो खेलमै अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध

एजेन्सी । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप-२०२२ को पहिलो खेलमै एसियन टोली साउदी अरेबियासँग स्तब्ध बनेको छ । मंगलबार दिउँसो भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ गोलले स्तब्ध बनेको हो । यससँगै अर्जेन्टिनाको ३६ खेलको अपराजीत यात्रामा पूर्णविराम लागेको छ ।

लुसाइल आइकोनिक रंगशालामा भएको खेलमा साउदीलाई जीत दिलाउन सालेह अल- शेहरी र सालेम अल- डाव्सरीले समान एक-एक गोल गरे । अर्जेन्टिनाको लागि लियोनल मेस्सीले एक गोल गरे । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजीत हुन बाध्य भयो ।

खेलको १० औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाले पहिलो हाफमै तीन गोल गरेपछि अफसाइड रहेपछि गोलले मान्यता पाएन ।

४९ औं मिनेटमा अल बुराइकानको पासमा शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । ५३ औं मिनेटमा डाव्सरीले गोल गर्दै साउदीलाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा साउदी २-१ गोलले पराजीत भयो ।

सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग २-० गोलले पराजीत भएपछि यो अर्जेन्टिनाको पहिलो हार हो । जीतसँगै साउदी ३ अङ्क जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । पराजीत अर्जेन्टिना पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *