तस्बिरमा हेर्नुहोस् फिफा विश्वकपको भव्य उद्धाटन समारोह

एजेन्सी । फिफा विश्वकप-२०२२ को २२ औं संस्करण कतारमा शुरु भएको छ । १२ वर्षअघि आयोजनाको अधिकार पाएदेखि नै लगातारको विवाद र आलोचनाका बाबजुद कतारले विश्वकपको भव्य उद्धाटन गरेको हो । कतारको अल बायात रंगशालामा ६८ हजार दर्शकको माझ विश्वकपको भव्य उद्धाटन सम्पन्न भएको हो ।

विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपल्ट खाडी क्षेत्रमा आयोजना भएको यस विश्वकपलाई हालसम्मकै सबैभन्दा महँगो विश्वकप भनिएको छ । कतारले रंगशाला, होटेल, बाटो र अन्य संरचना बनाउनको लागि २ खर्ब २० अर्ब अमेरिकी डलर गरेको थियो । विश्वकप हुने आठ रंगशाला मध्ये ७ रंगशाला कतारले नयाँ बनाएको हो भने एक रंगशालालाई पुननिर्माण गरेको हो ।

 

उद्घाटन समारोहको प्रमुख प्रस्तुति विश्व विख्यात दक्षिण कोरियाली ब्यान्ड बीटीएसका गायक जुङ कुकको सोलो गीत ‘ड्रिमर्स’ रह्यो । उनले स्थानीय गायक फहद अल खुबइसीसँग गीत गएका थिए ।

समारोहको अतिथिमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी, उनका बुबा शेख हमाद बिन खलिफा, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो अतिथि र साउदी अरबका प्रिन्स मोहमद बिन सलमानको उपस्थिति रहेको थियो । विश्वकप १९९८ को च्याम्पियन फ्रान्सेली टिमका रक्षक मार्सेल डेसाइजीले ट्रफी प्रदर्शन गरेका थिए ।

यो पनि – विश्वकपको उद्घाटन खेलमा आयोजक कतार पराजीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *