प्रज्जवल थापा, काठमाडौं । सन् १९३० मा उरुग्वेबाट शुरु भएको फिफा विश्वकपको २२ औं संस्करण नोभेम्बर २० देखि कतारको दोहामा शुरु हुँदैछ । यसपटक ५ महाराष्ट्रबाट ३२ राष्ट्र उपाधि जित्ने लक्ष्य कतार पुग्नेछन् । एसियाबाट ६ राष्ट्रले यसपटकको विश्वकपमा सहभागिता जनाउँदैछन् । कतार आयोजकको रुपमा इतिहासमै पहिलोपल्ट विश्वकप खेल्दैछ ।
यस्तै दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट समान चार-चार राष्ट्रले विश्वकप खेल्दैछन् भने अफ्रिकाबाट ५ टोली कतार पुग्दैछन् । यस्तै युरोपबाट सर्वाधिक १३ टोली विश्वकपको लागि छनोट भएका छन् । यसपटक सहभागिता जनाउने ३२ मध्ये २४ टोलीले रसियामा भएको गत संस्करणमापनि सहभागिता जनाएका थिए । कतार विश्वकपमा डेब्यु गर्ने एक्लो टोली हो ।
सन् २०१८ को विश्वकप गुमाएका नेदरल्यान्ड्स, इक्वेडर, घाना, क्यामरुन र अमेरिका फर्किंदा क्यानडालेपनि ३६ वर्षपछि विश्वकपमा सहभागिता जनाउँदैछ । यस्तै वेल्सपनि ६४ वर्षपछि विश्वकप खेल्ने तरखरमा छ ।
यता चार पटकको विश्व विजेता र युरोपियन च्याम्पियन इटाली र सन् २०१५ र २०१६ को कोपा अमेरिका च्याम्पियन चिलीले लगातार दोस्रोपटक विश्वकप गुमाउँदैछन् ।
क्षेत्रफलको आधारमा हेर्ने हो भने कतार विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्र हो । क्षेत्रफलमा सानो भएपनि कतारले विश्वकपलाई भव्य बनाउन कुनै क्षेत्रमा कमि भने गरेको छैन । तयारि र संरचनालाई हेर्ने हो भने विश्वकप भव्य हुनेमा शंकानै छैन ।
हालसम्म विश्वकप जित्ने राष्ट्र
फिफा विश्वकपको ९२ वर्षीय इतिहासमा हालसम्म ८ देशले उपाधि जितेका छन् । ब्राजिलले सर्वाधिक पाँचपटक उपाधि जितेको छ । ब्राजिललाई जर्मनी र इटालीले समान चार-चारपटक उपाधि जित्दै पछ्याइरहेका छन् । यस्तै अर्जेन्टिना, उरुग्वे र फ्रान्सले सामन दुई-दुईपटक उपाधि उचाल्दा इंग्ल्याण्ड र स्पेनले एक-एक पटक उपाधि आफ्नो नाममा लेखाएका छन् ।
विश्वकप जित्ने राष्ट्र |
|||||
संस्करण |
वर्ष | आयोजक | विजेता | उपविजेता | स्कोर |
१ |
१९३० | उरुग्वे | उरुग्वे | अर्जेन्टिना | ४-२ |
२ |
१९३४ | इटाली | इटाली | चेक रिपब्लिक |
२-१ (अतिरिक्त समय) |
३ | १९३८ | फ्रान्स | इटाली | हंगेरी |
४-२ |
१९४२ |
|||||
१९४६ |
|||||
४ |
१९५० | ब्राजिल | उरुग्वे | ब्राजिल | २-१ |
५ |
१९५४ | स्विटजरल्याण्ड | वेस्ट जर्मनी | हंगेरी |
३-२ |
६ | १९५८ | स्वीडेन | ब्राजिल | स्वीडेन |
५-२ |
७ | १९६२ | चिली | ब्राजिल | चेक रिपब्लिक |
३-१ |
८ |
१९६६ | इंग्ल्याण्ड | इंग्ल्याण्ड | वेस्ट जर्मनी | ४-२ (अतिरिक्त समय) |
९ |
१९७० | मेक्सिको | ब्राजिल | इटाली |
४-१ |
१० | १९७४ | वेस्ट जर्मनी | वेस्ट जर्मनी | नेदरल्यान्ड्स |
२-१ |
११ |
१९७८ | अर्जेन्टिना | अर्जेन्टिना | नेदरल्यान्ड्स | ३-१ (अतिरक्त समय) |
१२ | १९८२ | स्पेन | इटाली | वेस्ट जर्मनी |
३-१ |
१३ |
१९८६ | मेक्सिको | अर्जेन्टिना | वेस्ट जर्मनी | ३-२ |
१४ | १९९० | इटाली | वेस्ट जर्मनी | अर्जेन्टिना |
१-० |
१५ |
१९९४ | अमेरिका | ब्राजिल | इटाली | ०-० (अतिरिक्त समय), ३-२ (पेनाल्टी सुटआउट) |
१६ | १९९८ | फ्रान्स | फ्रान्स | ब्राजिल |
३-० |
१७ |
२०२२ | दक्षिण कोरिया, जापान | ब्राजिल | जर्मनी | २-० |
१८ | २००६ | जर्मनी | इटाली | फ्रान्स |
१-१ (अतिरिक्त समय), ५-३ (पेनाल्टी सुटआउट) |
१९ |
२०१० | दक्षिण अफ्रिका | स्पेन | नेदरल्यान्ड्स | १-० (अतिरिक्त समय) |
२० | २०१४ | ब्राजिल | जर्मनी | अर्जेन्टिना |
१-० |
२१ | २०१८ | रसिया | फ्रान्स | क्रोएसिया |
४-२ |
सर्वाधिक गोलकर्ता
फिफा विश्वकपको इतिहासमा जर्मनका खेलाडी मिरास्लव क्लोजले सर्वाधिक गोल गरेका छन् । चार संस्करणमा सहभागिता जनाएका क्लोजले २४ खेल खेल्दै १६ गोल गरेका हुन् ।
विश्वकपमा सार्वाधिक गोल गर्ने खेलाडी |
|||
क्र.स. |
खेलाडीको नाम | देश | गोल |
१ | मिरास्लव क्लोज | जर्मनी |
१६ |
२ |
रोनाल्डो | ब्राजिल | १५ |
३ | गर्ड मुलर | जर्मनी |
१४ |
४ |
जस्ट फोन्टाइन | फ्रान्स | १३ |
५ | पेले | ब्राजिल |
१२ |
६ | जुर्गन क्लिन्सेमन | जर्मनी |
११ |
गोल्डेन बल
फिफा विश्वकपमा विश्वभरिका उत्कृष्ट खेलाडी मैदान उत्रिने गर्दछन् । ती मध्ये एक सर्वोत्कृष्ट खेलाडीलाई फिफाले गोल्डेन बल दिने गर्दछ । विश्वकप सन् १९३० बाट शुरु भएपनि फिफाले १९८२ बाट गोल्डेन बल दिँदै आएको छ । फिफाले चुनेको मनोनयमा पत्रकारले भोट गर्दै सर्वोत्कृष्ट खेलाडी छान्छन् । यस्तै दोस्रो हुनेलाई सिल्भर बल र तेस्रो हुनेलाई ब्रोन्ज बल दिइने गरिन्छ ।
इतिहासलाई पल्टाउने हो भने गोल्डेन बल विशेषगरि उपाधि जित्ने टोलीका खेलाडीलाई भन्दा उपविजेता टिमका खेलाडीलाई दिएको छ । हालसम्म मात्र तीन पटक विजेता टोलीका खेलाडीले गोल्डेन बल जितेका छन् । पछिल्लोपटक सन् २०१८ मा कोएसियाका कप्तान तथा मिडफिल्डर लुका मोड्रिकले गोल्डेन बल जितेका थिए । उनको टोली फाइनलमा फ्रान्ससँग ४-२ गोलले पराजीत भएको थियो । हालसम्म गोल्डेन बल जित्ने खेलाडी यस प्रकारका रहेका छन् ।
गोल्डेन बल विजेता खेलाडी |
|||
वर्ष |
आयोजक राष्ट्र | खेलाडीको नाम |
देश |
१९८२ |
स्पेन | पाओलो रोसी | इटाली |
१९८६ | मेक्सिको | डिएगो म्याराडोना |
अर्जेन्टिना
|
१९९० |
इटाली | साल्भाटोरे स्चिलासी | इटाली |
१९९४ | अमेरिका | रोमारियो |
ब्राजिल |
१९९८ |
फ्रान्स | रोनाल्डो | ब्राजिल |
२००२ | दक्षिण कोरिया, जापान | ओलिभर काहन |
जर्मनी |
२००६ |
जर्मनी | जिनेदिन जिदान | फ्रान्स |
२०१० | दक्षिण अफ्रिका | डिएगो फोर्लान |
उरुग्वे |
२०१४ |
ब्राजिल | लियोनल मेस्सी | अर्जेन्टिना |
२०१८ | रसिया | लुका मोड्रिक |
क्रोएसिया |