तीन दलले चुनाव बहिष्कार गर्ने

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मङ्सिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रमहरू सार्वजनिक गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *