मेलिना राईको ’चरी भररर’

काठमाडौं । गायिका मेलिना राई र गायक दीपक चालिसेको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

’चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् । सार्वजनिक गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्। भिडियोमा प्रविन थापाको कोरियोग्राफी र आर.डि. दुलालको ड्रोन समाबेश छ।

तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोले दर्शक श्रोताको मन जित्नेमा निर्माण टिम बिस्वस्त छ। भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *