काठमाडौँ । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न जिल्लामा दीप प्रज्वलन गरिएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा दीप प्रज्वलन गरिएको हो । नेपाल विद्युत प्राधिकरणमा र वसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गर्दै उनीहरूको स्मरण गरियो ।
त्यस्तै जिल्ला जिल्लामा पनि दीप प्रज्वलन गरिएको छ । भोटेकोसी बाढीमा परी १३ सय भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ बेपत्ता छन् ।








