मस्को । रुसको उत्तरी काकेसस क्षेत्रअन्तर्गत काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरा आरोहीहरूको एउटा समूहमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको, छ जना वेपत्ता र थप छ जना घाइते भएको रुसी विपत् व्यवस्थापन मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “कूल ३३ जना रहेको समूहलाई हिमपहिरोले बगाउँदा ११ जनाको मृत्यु भएको छ जना घाएते भएका र अन्य छ जना वेपत्ता भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ भने उद्धार टोलीहरू बेपत्ताहरूको खोजीमा व्यस्त छन् ।”
कठिन पहाडी भूभाग र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको तर अवस्था अनुकूल भएसम्म अभियान जारी राखिने अधिकारीहरूले बताएका छन्।
रुसको अनुसन्धान समितिले यस घटनामाथि छानबिन सुरु गरेको छ।
