प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डको ६ बुँदे स्पष्टीकरण

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण दिएको छ । बोर्ड अध्यक्ष भुवन केसीले आइतबार विज्ञप्ति जारी गर्दै प्रेम गीत –३ विवाद प्रकरणमा बोर्डमाथि लगाइएका आरोपको खण्डन गरेका हुन् ।

अध्यक्ष केसीले विज्ञप्तिमा बोर्डबाट सेवाग्राहीको काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको उल्लेख गरिएको छ । बोर्डले आइतबार मात्र प्रेम गीत–३ को हिन्दी भाषालाई सेन्सर सिफारिस गरेको छ भने फिल्मको हिन्दी डब सोमबारदेखि रिलिज हुने बाटो खुलेको छ ।

साथै केसीले प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको बोर्डले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *