‘२ नम्बरी’को प्रचारका लागि भुटानी अभिनेतृ उगेन नेपालमा

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचार प्रसारको लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आइपुगेकी छिन् ।

असोजको २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचारको लागि मुख्य भूमिकामा रहेकी भुटानी अभिनेत्री उगेन नेपाल आएकी हुन् ।

छायाँकन सकेर स्वदेश फर्केकी उगेन रिलिजको मिति नजिकिँदै गर्दा नेपाल आएकी हुन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ ।

फिल्मका कलाकार अन्य प्रोजेक्टमा व्यस्त हुँदा ट्रेलर सार्वजनिक गर्न नसकेको निर्माण पक्षले बताएको छ । अब उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ ।

यो फिल्ममा उगेनको जोडीको रुपमा दयाहाङ राइले काम गरेका छन् । यस्तै, उपासना सिंहको जोडीको रुपमा सौगात मल्ललाई देख्न सकिनेछ । किरण नेपाली फिल्मका प्रस्तुतकर्ता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *