नेपालगंज विमानस्थलबाट खैरो हेरोइनसहित एकजना पक्राउ

नेपालगंज । नेपालगञ्जबाट काठमाडौँ लैजान लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज विमानस्थलबाट लागुऔषध ब्राउनसुगर खैरो हेरोइन सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

नेपालगञ्जबाट काठमाडौँ जान लागेको जहाजबाट लागुऔषध ब्राउनसुगर लैजान लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २५ वर्षीय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रनाउ घर्तीले बताए।

उनी नेपालगञ्जबाट काठमाडौँ यति एयरको जहाजबाट जाँदै थिए । दुई प्लास्टिकको पोकामा राखेको उक्त ब्राउनसुगरसहित पक्राउ परेका रोहनमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *