विष्णु सापकोटाको ‘रिटार हल्दार’

काठमाडौँ । हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब नयाँ टेलिचलचित्रमार्फत देखिने भएका छन् । सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र ’रिटार हल्दार’ को बारेमा आइतबार पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी गराइयो।

टेलिचलचित्र प्रत्येक सोमबार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ । भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यशोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रग्यासी थापा,सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहको हातबाट टेलिचलचित्रको पोस्टर पनि सार्वजनिक गरियो। कार्यक्रममा मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकार तथा निर्देशक नीर शाह,लय संग्रौला,उत्तम केसी,मुकुन्द किशोर भट्टराई,जितु नेपाल,दमन रुपाखेती,सुरेन्द्र केसी,शैलेन्द्र सिम्खडा लगायतको उपस्थिति रहेको थिया टेलिचलचित्र ’रिटार हल्दार’ मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाई शंका गर्ने बुढाको क्यारेक्टरलाई विशेष रुपमा प्रस्तुत गरिएको बिष्णु सापकोटाले बताए ।

हाँस्य टेलिचलचित्र ’रिटार हल्दार’ मा गौतमराज खड्काको ग्राफिक्स,राज कार्कीको सम्पादन,कन्सेप्ट तथा स्क्रिप्ट बिष्णु सापकोटा,छायाँकन प्रवेश पोखरेल र संजय राई, शीर्ष गीत वसन्त सापकोटाको रहेको छ। ’रिटार हल्दार’ सोमवार ८.३० बजे मिटिभीको अफिसियल यु ट्युब च्यानलमार्फत पनि सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *