श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

वीरगंज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको छ । प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *