७७ अङ्कले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार सोमबार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से सोमबार ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव ६१ विन्दुमा झरेको छ । सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँको शेयर किनबेच भयो । आज ग्रामीण विकास लघुवित्तको शेयर १० प्रतिशत तथा किसान लघुवित्त, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल र ग्लोबल आईएमई समुन्नत स्किम कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *