विम्बल्डन : महिलातर्फको उपाधि राइबाकिनालाई

काठमाडौं, २६ असार  । ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।

शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई  ३-६,६-२,  ६-२ ले पराजित गरिन् ।

२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *