USAID

नाडालका लागि चोट नै चुनौती

काठमाडौं। राफेल नाडालका लागि शुक्रबार निक किर्गोसविरुद्धको विम्बल्डन सेमिफाइनलसम्म चोटमुक्त हुँदै कोर्टमा फर्कनु नै चुनौती बनेको छ। यता नोभाक जोकोभिच भने लगातार चौथो पटक विम्बल्डनको उपाधि खोजीमा छन्। जसका लागि जोकोभिच र किर्गोस सम्भावित फाइनलका प्रतिस्पर्धी हुन्।

किर्गोसले तेस्रो चरणमा स्टेफानोस सिटसिपासलाई हराउँदै २२ पटकका ग्रान्ड स्लाम विजेता नाडालसँगको सम्भावित भेट पक्का गरेका थिए। किर्गोसले बुधबार क्वार्टरफाइनलमा बिनावरीयताका केलियन क्रिस्टियन गारिनलाई हराएका थिए।